हाम्रो बारे

संस्थाका उद्देश्य यस प्रकार रहेका छन्।
- प्रत्येक वर्षको भ्रातृद्वितीयाका दिन परम्परागत रुपले श्री चित्रगुप्त भगवानको पूजा गर्ने गराउने।
- यो संस्था सबै वर्ग, पेशा, व्यवसाय, समुदायका मानिसहरूमा जात, वर्ग, लिङ्ग, धर्मका आधारमा भेदभाव नगर्ने मुनाफारहित, परोपकारी तथा जनहितकारी सामाजिक सस्था हुनेछ ।
- दहेज प्रथा, बालविवाह, अनमेल विवाह, वहुविवाह लगायत विभिन्न सामाजिक कुरीति विकृति र विसंगतिलाई समाप्त गरी स्वच्छ र स्वस्थ्य सामाजिक वातावरण सिर्जना गर्न विभिन्न किसिमका गोष्ठी, सेमिनार, सम्मेलनको आयोजना तथा अन्य दवाव मुलक कार्य गर्ने गराउने ।
- यो संस्थाले कुनैपनि राजनीतिक गतिविधि गर्ने छैन।
- संस्थाले आफनो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् हुने कुनै कार्य गर्ने छैन ।
- सामाजिक कल्याण र प्रगतिको लागि काम गर्ने।
- चित्रांश समाजको उत्पती, विकास तथा सामाजिक संरचना सम्बन्धी अध्ययन, अनुसन्धान तथा अभिलेखहरूको संकलन, प्रचार प्रसार, व्यवस्थापन तथा अभिलेखिकरण सम्वन्धी काम गर्ने गराउने ।
- विभिन्न समुदायका महिला, वृद्ध, बालवालिका, असहाय तथा अनाथ, अपाङ्ग वालवालिकाहरूलाई संरक्षण, हेरचाह तथा उचित औपचारिक तथा अनौपचारिक शिक्षा दिक्षा उपलब्ध गराउने साथै निःशुल्क औषधी उपचार समेत गराउन पहल गर्ने ।
- नेपालका सम्पूर्ण चित्रांश समाजको हक, हित, मान, सम्मान तथा मर्यादाको संरक्षण र सम्बर्द्धन तथा आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक विकासका लागि काम गर्ने गराउने ।
- जनस्वास्थ्यमा पर्ने प्रतिकूल असरबाट जोगाउन विभिन्न स्वास्थ्य शिविरहरू, सचेतना कार्यक्रमहरू संचालनका साथै Hepatitis B, HIV/AIDS जस्ता प्राणघातक रोगहरूका सम्बन्धमा चेतनामुलक कार्यक्रम संचालन गर्ने Health is wealth को मान्यता अनुरूप काम गर्ने ।